दमक/ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापाको दमक ३ का सामुदायिक विद्यालयमा छात्रछात्राहरुलाई लागु औषध विरुद्धको सचेतना सञ्चालन गरिएको छ । दमक ३ को वडा कार्यालयले मदानी मिडियासंगको सहकार्यमा शुरु गरेको सचेतना अन्तर्गतको पहिलो दिनको कार्यक्रममा ढुकुरपानी माविका करिब ८० जना विद्यार्थी सहभागि भएका छन् ।

दमक ३ का वडाध्यक्ष नविन बरालको अध्यक्षता र इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ढुकुरपानी माविका प्रधानाध्यापक कृष्ण भण्डारीले लागुऔषधको प्रयोगका कारण मानवजिवन तहसनहस हुने भन्दै यसलाई निर्मुल गर्न समुदायनै जागृत हुनुपर्ने औंल्याउनु भयो ।
सो अवसरमा प्रहरी नायव उपरीक्षक पण्डितले लागु औषधको ओसारपसार र प्रयोगका बिषयमा विद्यमान कानुनी, अवस्था यसको असर र समुदायको जिम्मेवारीका बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

त्यसैगरी ह्याप्पी नेपालका डीआइसी इञ्चार्ज जीवन नेपालीले पनि लागुऔषधको नकारात्मक असर र यसले समाजमा पार्न सक्ने प्रभाव तथा रोकथामका उपायहरुका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । सोहि प्रकृतिको कार्यक्रम दमक ३ का जनज्योती र चुलाचुली आधारभूत विद्यालयमा पनि सञ्चालन गरिने वडा सचिव सन्दिप सुवेदीले जानकारी दिनु भयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य खड्ग बहादुर धिमाल, वडा सदस्य गजेन्द्र धिमाल, सुकदेव लुइँटेल, तनकुमारी दाहाल र टिका ठटालको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments Box