मोरङ/मोरङको धनपाल गाउँपालिका पिण्डेश्हरी स्कूल अगाडी आज भएको कलेज बस दुर्घटनामा बसका मालिक बिराटनगर–१५ का ३२ बर्षीय सानु साहको मृत्यु भएको छ ।
बिहान साढे ६ बजे बिराटनगर रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गरेको मे१ख ४०९० नम्बरको लर्ड बुद्द कलेजको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते हुनु भएका सो बसका मालिक साहको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बसमा रहेका अन्य ५ जना समेत घाईते भएका छन् । उनीहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको कार्यालयले जनाएको छ ।