काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेश सभा सदस्य दिपक मनाङ्गे भनिने राजीव गुरुङविरुद्ध जाहेरी दिनुभएको छ ।

पोखराको लेखनाथ नगरपालिकामा रहेको भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनस्थलमा सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हान्नु भएको थियो ।

खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभएको हो । जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही को माग गरिएको छ ।

मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान उपलब्ध नगराएको र होटलको व्यवस्था नमिलाएको भन्दै मनाङ्गेले गुरुङलाई झापड हान्नुभएको थियो भने मनाङ्गेले गुरुङलाई झापड हानेको स्विकार्नु भएको थियो ।

Facebook Comments Box