दमक/ जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा झापाको दमकबाट एक जना र बलात्कारको अभियोगमा गौरादहबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमक ७ का प्रेम फागोलाई बालिका बलात्कार प्रयासको आरोपमा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डीतले जानकारी दिनु भयो ।

सो घट्नाका बिषयमा पीडितले हिजो दिएको किटानी जाहेरीका आधारमा आज नियन्त्रणमा लिएर जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरिएको डीएसपी पण्डीतले जानकारी दिनु भयो ।
त्यसैगरी गौरादहको स्कूलचौनकी एक किशोरीले पनि जवरजस्तीकरणीको आरोप लगाउँदै मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका २० बर्षिय प्रकाश विक विरुद्ध जाहेरी दिएकी छिन् ।

विकले केही दिन अघि ति किशोरीलाई ललाईफकाई बलात्कार गरेको जाहेरी परेको छ । दुवै घट्नाका आरोपितलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको डीएसपी पण्डीतले जनाउनु भयो ।

Facebook Comments Box