काँकरभिट्ट/ झापाको मेचीनगर नगरपालिका चोक नजिकै खेतमा आज एउटा नवजात शिशुको लाश फेला परेको छ । खेतको बिचमा भर्खरै फ्याँकिएको जस्तो देखिने शिशुको शव कसले फ्ँयाकेको हो भन्न बारेमा खुलेको छैन ।

स्थानीयहरुले बिहान करिब ९ बजेतिर शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घट्नास्थलमा पुगेको प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कसैले अवैध यौन सम्पर्कपछि जन्माउन लागेको शिशुको भ्रुण हत्या गरेर फ्ँयाकेको हुन सक्ने अनुमान छ ।