दमक/झापाको दमक २ स्थायी घर भई हाल अमेरिका बस्दै आउनु भएका डम्बरसिं विश्वाले आफ्नो जन्मदिनको अवसरमा दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक आश्रममा खाद्य सामग्री र पाँच थान च्यादर प्रदान गर्नुभएको छ ।


आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई चामल, दाल, विस्कुट, चिनी, चियापत्ति लगायत साबुन सरफ आदि प्रदान गर्नुभएको हो । विश्वाको आज ४ माघमा परेको जन्मदिनको अवसरमा शिवाका बुबा, आमा र भाई बल बहादुर विश्वासहित मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । ति सामग्री आश्रममा बृद्धबृद्धाको स्याहार सुसारमा खटिनु भएकी आरचु सुनुवारलाई हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box