दमक/झापाको दमकमा ४ बर्ष अघि निजी क्षेत्रको लगानीमा स्थापना भएको निम्स नेशनल हस्पिटलले छोटो समयमा स्तरीय उपचार सेवा प्रदान गरिरहेको छ । पूर्वपश्चिम राजमार्गसंगै जोडिएको दमकको क्याम्पसमोड नजिकै आफ्नै स्वामित्वको ४ कठठ क्षेत्रफलमा निर्माण गरिएको अस्पताल अस्पताल सञ्चालन सम्बन्धिका अनुभवी बलभद्र कोइरालाको नेतृत्वमा चलिरहेको छ ।


९ करोड रुपैयाँ भन्दा बढीको लगानीमा सञ्चालित यो अस्पताल विरामीहरुको सुविधालाई मध्यनजर गर्दै लिफ्ट सेवा जडान गरिएको दमकको पहिलो अस्पताल पनि हो । २४ सै घण्टा एमडी जीपि डा. महेश कुमार साहको इमर्जेन्सी सेवा उपलब्ध रहेको छ । अस्पतालमा डिजिटल एकसरे र आधुनिक ल्याव सेवा रहेको छ । यस अस्पतालको ओपीडि अर्थात बहिरंग विभागमा विशेषज्ञ डाक्टरहरुको सेवा पाउन सकिन्छ । अस्पतालमा ५१ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष कोइराला भन्नु हुन्छ– अरु अस्पतालमा इमर्जेन्सी सेवा त भनिन्छ तर त्यहाँ नाममात्रैको स्वास्थ्यकर्मी हुन्छन तर निम्समा एमडीजीपिको सेवा छ, आवश्यकता अनुसार विशेषज्ञ डाक्टरहरुको सेवा छिटो, छरितो रुपमा उपलब्ध हुन्छ हाम्रो मुख्य विशेषता पनि हो यो । उपचार सेवा दिने जस्तो गम्भिर बिषयमा कसैले पनि ढाँट्नु र झुक्याउनु हुँदैन ।
विशेषज्ञहरुको सेवा
यस अस्पतालमा दिल्लीको एम्स हस्पिटलबाट विज्ञता हासिल गरेर लामो अनुभव समेत सम्हाल्नु भएका हाडजोर्नी रोग विशेषज्ञ डा. नविनकुमार सिंहको सेवा निक्कै लोभ लाग्दो छ । घुँडा, हडड्ी तथा नशा सम्बन्धिको समस्या भएका विरामीहरुलाई चित्त बुझ्दो उपचार सेवा प्रदान गरेर मन जित्न सफल हुनु भएका डा. सिंहको सेवाका कारण हरेक महिना कम्तिमा ५०/६० जनाले पुर्नजिवनको अनुभूति गरेर फर्किरहेका छन् । मेरुदण्डको समस्या भएकाहरुको उपचार सेवामा पनि डा. सिंह दख्खल मानिनु हुन्छ । यहि अस्पतालमा डा. महेक कुमार साहको पनि सेवा छ । अध्यक्ष कोइराला भन्नु हुन्छ – कुनै महिना सय जनाको हाडजोर्नीको अप्रेसन गरिएको रेकर्ड छ ।
आकर्षण हाडजोर्नी विशेषज्ञको सेवामा मात्रै छैन युरो सर्जन इक्वाल अहम्मदको सेवा पनि निम्स अस्पतालमा छ । देश विदेशमा समेत सफल युरो सर्जनका रुपमा स्थापित इक्वाल अहमदको सेवासँगै थुप्रै विरामीहरुले निम्समा विश्वसनिय उपचार सेवा पाइरहेका छन् । भने फिजियोथेरापी सेवा समेत विशेषज्ञ चिकित्सकबाट सञ्चालन भईरहेको छ । हामीले सकेसम्म यस क्षेत्रका जनतालाई विश्वसनिय सेवा मार्फत सन्तुष्टि दिने प्रयास गरिरहेका छौं र धेरैले त्यो महसुस पनि गर्नुभएको छ– अस्पतालका अर्का सञ्चालक गणेश प्रधान भन्नु हुन्छ ।
आईसीयू सेवा फागुनदेखि
अस्पतालले उपचारको गुणस्तरीयता र विश्वसनियतालाई बढाउँदै निकट भविष्यमा आईसीयू अर्थात सघन उपचार कक्ष समेत सञ्चालनमा ल्याउँदैछ । आईसीयू सेवाका लागि आवश्यक थप संरचना निर्माणको काम अन्तिम चरणमा रहेकाले यही फागुनदेखिनै विरामीहरुको उपचार आइसीयू कक्षमा समेत गरिनेछ ।
स्वास्थ्य बीमाका विरामीलाई छैन भेदभाव
सामान्य मानिसहरुको बुझाइमा र कतिपय अस्पतालहरुमा सरकारद्वारा सञ्चालित स्वास्थ्य वीमाको कार्ड लिएका विमितहरुलाई उपचार सेवा लिन जाँदा छुट्टै ठाउँमा देखाईदिने र वेवास्ता गर्ने गरेको पाईन्छ तर निम्स अस्पतालले विमित र वीमा नगरिएका विरामीहरुको बिचमा कुुनै किसिमको भेदभाव नगरी एकै ठाउँमा राखेर उस्तै प्रकृतिको उपचार सेवा दिने गरेको अस्पतालका अध्यक्ष कोइराला बताउनु हुन्छ । अहिले सम्म २ हजार भन्दा बढी स्वास्थ्य वीमितहरुले यस अस्पतालबाट सेवा लिईसकेका छन् ।
स्वास्थ्य बीमाको समस्या
स्वास्थ्य बीमा गरिएका बिरामीहरुको सामान्य बुझाईमा सबै उपचार सेवा वीमा कार्डबाटै हुनुपर्ने भन्ने हुन्छ तर वीमाको प्याकेज भित्र नपरेका उपचार सामाग्री अर्थात शल्यक्रियामा आवश्यक सामानहरु बाहिरैबाट खरिद गर्नुपर्ने हुन्छ । जसका बारेमा विरामी र आफन्तलाई पहिलानै जानकारी नगराउँदा कतिपयले असन्तुष्टि जनाएपनि यथार्थमा त्यस्तो नहुने अध्यक्ष कोइराला बताउनु हुन्छ । अर्को समस्या वीमाका लागि तोकिएको दररेट पनि वैज्ञानिक छैन । अप्रेसन अर्थात शल्यक्रिया गरिनुपर्ने विरामीका हकमा सोही कारणले समस्या पर्ने गरेको र कतिपय सामाग्रीहरु विरामीले आफैं किन्नु पर्ने बाध्यता रहेको छ ।

Facebook Comments Box