उर्लाबारी/मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बिहान साढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार कानेपोखरी २ का २८ बर्षिय प्रेम दर्जीको मृत्यु भएको हो । दुर्घटनामा चालक झापा दमक–१ का २५ बर्षीय हरी बहादुर बि.क घाईते भएका छन् । उपचारका लागि बिराटनगरको न्युरो अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।