निष्कर्ष न्यूज
दमक/झापाको दमक ५ मा विर्ता ज्योती आई केयर प्रालिले आँखा अस्पताल सञ्चालनको अन्तिम तयारी गरेको छ । विर्तामोडस्थित विर्तामोड आँखा अस्पतालका चिकित्सकहरुको समेत करिब २ करोडको लगानीमा घर भाडामा लिएर स्थापना गरिएको सो आँखा अस्पताल आगामी आईतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने अस्पताल सञ्चालक नेत्र अधिकृत मोति बरालले जानकारी दिनु भयो । अस्पताल उद्घाटनका अवसरमा माघ १० गते सम्म ओपिडी सेवा निशुल्क र शल्यक्रिया लगायतका अन्य सेवामा २० प्रतिशत सम्म छुट दिईने बरालले जानकारी दिनु भयो ।
विर्तामोड आँखा अस्पतालसंगको सहकार्यमा स्थापित सो अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. राजेश प्रधान रहनु भएको छ ।


प्रधानको नेतृत्वमा विशेषज्ञ डाक्टरहरुसहित १० जनाको लगानीमा स्थापित सो अस्पतालमा नियमित ओपिडी, इमर्जेन्सी सेवाका साथै आँखाको सबै किसिमका शल्यक्रिया र उपचार सेवा प्रदान गरिने जनाइएको छ । दमकमा भरपर्दो आँखा अस्पताल नभएको हुँदा अत्याधुनिक उपकरणहरुसहित सुविधा सम्पन्न अस्पताल खोल्नु परेको सञ्चालकहरुले बताएका छन् । दमक झापाका अतिरिक्त पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरसंगै उत्तर पूर्वी मोरङका सर्वसाधारणले समेत स्वास्थ्य सेवा लिन आउने ठाउँ हो ।

Facebook Comments Box