ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मिक्लुङमा निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने एक जना चिनियाँ कामदारको मृत्यु भएको छ ।

राती ११ बजे चीनको आङसुआई प्रदेशका ५१ वर्षीय चाङ स्याकनको मृत्यु भएको हो । उनी सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाइते भएका थिए । घाइतेको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।