दमक/झापाको बिर्तामोड नगरपालिका वडा नं १० सैनिक बजार घर भएकी ७१ बर्षिया एक बृद्धाले आफैं घाँटी रेटेर आत्महत्या गरेको खबर सार्वजनिक भएको छ ।

आईतबार साँझ साढे ७ बजे सो ठाउँकी रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भिर घाईते भएकी थिईन् । उनको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएपनि तत्कालै मृत्यु भएको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बृद्धाले किन आफ्नो घाँटी आफैं रेटिन भन्ने बारेमा थाहा हुन सकेको छैन । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।