दमक/सीआइबीबाट खटिएको प्रहरी हौं भन्दै पैसा असुलेर ठगी गर्ने दुई जनालाई झापाको राजगढबाट प्रहरीले पक्राउ गरेको छ ।
बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा सोही गाउँपालिका–वडा नं ४ का व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा गौरीगञ्ज १ का २८ बर्षिय पर्शुराम महतो र वडा नं ३ का जीवन दासलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफूहरु १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सीआइबी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेको आरोपमा उनीहरु पक्राउ परेका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरु सीआइबीको टोली नभएको हुन सक्ने आंशकामा स्थानीयले प्रहरीमा खबर गरेपछि त्यहाँ प्रहरीको टोली पुगेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

Facebook Comments Box