दमक/ दमक जेसीजको ३९ औं बार्षिक साधारणसभा हुदैछ । साधारणसभाले दमक जेसीजको वर्ष २०२० को नेतृत्व समेत चयन गर्ने जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष गोविन्द राज कट्टेलको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिले यहि पुस २६ गतेदेखि २८ गतेसम्म निर्वाचन कार्यक्रम सम्बन्धी सूचना समेत सार्वजनिक गरिसकेको छ ।
निर्वाचन कार्यक्रम अनुसार जेसीज सचिवालयमा २६ गते दिउसो २ वजे देखि शुरु भई साँझ ६ ः३० वजेसम्म निर्वाचन कार्यक्रम अन्र्तगत उम्मेदवार मनोनयन,दावी विरोध,उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छन् भने २७ गते उम्मेदवारी फिर्ता,उम्मेदवारको अन्तिम नामावली, उम्मेदवार तालिम,उम्मेदवार अन्तवार्ता तथा अन्तरकृया लगायतका कार्यक्रम हुने छन् ।
त्यस्तै, २८ गते विहान ११ वजेदेखि कस्मिक पार्टी प्यालेसमा ककस र दिनको १ः३० देखि ३ वजेसम्म मतदानसहित घोषणा कार्यक्रम हुने जनाईएको छ । निर्वाचनबाट अध्यक्षसहित कार्यकारिणी उपाध्यक्ष दुई ,उपाध्यक्ष ४ ,जनसम्पर्क अधिकारी १ र तालिम निर्देशक १ गरि ९ जना निर्वाचित हुने छन् । निर्वाचित अध्यक्षले महासचिवसहित ५ जना मनोनित गर्ने जनाईएको छ ।
यसवर्ष दमक जेसीजको नेतृत्वका लागि पूर्व उपाध्यक्ष तथा हाल कानुनी सल्लाहकार रहनु भएका कमल कटुवाल र महासचिव सुयोग खरेलले आआफ्नो दाबी पेश गरिरहेका बताइएको छ । दमकका युवाहरु माझ स्थापित व्यक्तित्व कटुवालले यस अघि धु्रवतारा स्पोर्टिङ्ग क्लवको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।