गौरीगञ्ज / झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछीका युवा व्यवसायी केशव ढुंगाना र रक्षा ढुंगानाले आफ्नी छोरी प्रगति ढुंगानाको जन्मदिनको अवसरमा खजुरगाछी माविमा अध्ययनरत कृतिका श्रेष्ठलाई ५ हजार ५ सय ५ रूपैयाँ छात्रवृत्ति रकम प्रदान गर्नुभएको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा कृतिकालाई सो छात्रवृत्ती रकम प्रदान गर्नुभएको हो । ढुंगाना दम्पति चीनको गुन्जाहो शहरमा विगत ७ वर्षदेखि बसोवास गर्दै आएका छन् । ढुंगाना खजुरगाछी माविका पूर्व विद्यार्थी हुनुहुन्छ ।

Facebook Comments Box