गौरादह/गौरादह उद्योग वाणिज्य संघको आगामी कार्यकालका नेतृत्व चयन गर्न यहि माघ १८ गते निर्वाचन तोकिएको छ । उवासंघ गौरादहको हिजो सम्पन्न दोश्रो साधारण सभाले आगामी नेतृत्व चयनका लागि सो मिति तय गरेको हो ।

साधारण सभाको अवसर पारेर पत्रकारसहित संघका पूर्व अध्यक्षहरु , पुराना व्यवसायीहरुलाई संघले सम्मान समेत गरेको थियो ।
पत्रकार सुदिप अधिकारी , दीपक सुवेदीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । प्रमुख अतिथी गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साह र संघका अध्यक्ष जीवन राई लगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख साहले गौरादह नगर आसपासको ग्रामिण क्षेत्र समेत औद्योगिक तथा व्यवसायिक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्र भएको भन्दै लगानीलाई निजी क्षेत्रलाई आव्हान गर्नुभयो ।कार्यक्रममा उपप्रमुख गीता भेट्वाल, गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारण सभामा संघका अध्यक्ष राईले अध्यक्षका तर्फबाट प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव निर्मल वाँस्तोलाले गर्नुभएको थियो ।