दुधे/ शिवसताक्षीको दुधेस्थित राष्ट्रिय रमणीय आदर्श मावि भुतपुर्व विद्यार्थी मञ्चले विद्यालयका विभिन्न क्लवहरुलाई टिसर्ट प्रदान गरेको छ ।


हालै संगठित भएका सो विद्यालयका भुपु विद्यार्थीहरुको साझा संस्था भुपु विद्यार्थी मञ्चले सो कार्य गरेको हो ।
विद्यार्थी प्रेक्षा पोख्रेलले भुपु विद्यार्थी मन्चको हरेक कार्यक्रममा आफुहरुको सक्रिय भुमिका रहने बताईन ।
राष्ट्रिय रमणीय आदर्श वाल क्लवका अध्यक्ष केशव भण्डारी, सगरमाथा टिन्स क्लव र हेल्पीङ्ग हेण्ड क्लवका अध्यक्ष प्रेक्षा पोख्रेल र सो विद्यालयको जुनियर रेडक्रस सर्कलका अध्यक्ष रक्षा नेपाललाई कार्यक्रमका प्रमुख अतिथी विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजाल र मन्चका अध्यक्ष असोक वस्नेतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
अध्यक्ष बस्नेतले विद्यालयको सर्वाङिण विकासका लागि भुपु विद्यार्थीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सहित अन्य सरोकार राख्ने निकाय संग अन्तक्रिया गर्ने बताए । कार्यक्रम मन्चका अध्यक्ष बस्नेतको अध्यक्षता र सचिव गोविन्द काफ्लेको संचालनमा रहेको थियो ।

Facebook Comments Box