दमक/ सरकारी प्रतिबन्धका बाबजुद भुमिगत शैलीमा आफ्नो गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु प्रहरीको धरपकड पछि कोहि प्रशासनसमक्ष आत्मसमर्पण गर्न थालेका छन भने कसैलाई सत्तारुढ नेकपाले पार्टी प्रवेश गराउन थालेको छ ।


झापाको शिवसताक्षी घर भई काठमाडौंबाट पक्राउ परेका सो पार्टीका जिल्ला नेता याम गिरीलाई इलाका प्रहरी कार्यालय विर्तामोड परिसरमै बिहिबार सत्ता रुढ नेकपाका जिल्ला नेताहरुले अविर जात्रा गर्दै पार्टी प्रवेश गराएका छन् । उनी तत्काल माओवादी सशस्त्र युद्धमा समेत झण्डै ३ बर्ष जेल परेका थिए । त्यसैगरी मोरङमा पनि दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि अवद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्यको भूमिकामा रहेका थिए । ‘
जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डल लगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

Facebook Comments Box