दमक/प्रदेश १ अन्तर्गतका दुई जिल्लामा भएका अलग अलग घट्नामा दुई जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका १ लिङलिमा टोलका ३५ बर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको हो । बिहिबार बिहान ८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढेर घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

त्यसैगरि भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका २ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।
मंगलवार राती ७ बजे ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सो बारे थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box