सादा पोशाकका घुमुवा प्रहरी हटाइए

Author Nishkarsha News
२०७६ पुष १७, बिहीबार ११:३४

काठमाडौं / महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका घुमुवा प्रहरीको परिचालन खारेज गरिदिएको छ ।

महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सादा पोशाकका सबै घुुमुवा प्रहरी परिचालन बन्द गरिएको जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयबाट परिचालन गरिएका ३० देखि ४० जनाको संख्यामा रहेका सादा पोशाकका प्रहरी परिचालन खारेज गरिएको हो ।

सादा पोशाकका घुमुवा प्रहरी अब प्रहरी पोशाकमा नियमित काममा खटिने डीआईजी पोखरेलले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्