दमक/ झापाको दमक चौंकस्थित होटल विन्ध्यावासिनी एण्ड गेष्ट हाउसमा एक विराटनगरका एक युवा मृत भेटिएका छन् ।
विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । गएराती खाना खाएर कोठामा सुतेका खतिवडालाई आज विहान खाना खान उठाउन खोज्दा चुकुल थुनेर झुण्डिएको अवस्थामा मृत भेटिएका होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालले बताए ।
औषधी कम्पन्नीको प्रतिनिधिका रुपमा काम गर्दै आएका खतिवडा शुक्रवार को.३६ प.५२७८ को मोटरसाईकलमा एक्लै गेष्टहाउसमा आएर बसेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।