दमक/झापाको दमक –३ का सामुदायिक विद्यालयमा अध्ययनरत २ सय १५ जना बालबालिकाहरुलाई नगरपालिका र वडा कार्यालयको सहयोगमा न्यानो कपडा वितरण शुरु गरिएको छ ।

ढुकुरपानी माविमा आज आयोजित कार्यक्रममा सोको थालनी गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सीना, शिक्षा शाखाका प्रमुख दिनेश न्यौपाने, वडाध्यक्ष नविन बराल, दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, नगरपालिकाका सामाजिक विकास शाखाका डम्बर बराल, अभिभावक तथा स्थानीय अगुवा महिला नेतृ लता चापागाइँ लगायत सहभागि हुनुहुन्थ्यो ।


सो विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयले प्रदान गरेको सहयोग रकमबाट सो विद्यालयका १ सय ३० जना र सो विद्यालय मातहत समुदायमा रहेका दुई वटा बाल विकास केन्द्रका बालबालिकालाई एक/एक थान स्वीटर, ट्राउजर र टोपी प्रदान गरिएको बताउनु भयो । ढुकुरपानी माविका विद्यार्थीका लागि भने वडा कार्यालयले जुत्ता प्रदान गरेको हो ।

वडा सचिव सन्दीप सुवेदीले जाडोका कारण विद्यालय जान नसक्ने अवस्थाका वडाका ३ विद्यालय र मातहतका बाल विकास केन्द्रका बालबालिकालाई त्यस किसिमको न्यानो कपडा वितरण गरिने बताउनु भयो । ढुकुरपानी माविबाट शुरु भएको यो कार्यक्रम चुलाचुली र जनज्योती माविमा यहि शुक्रबार गरिने उहाँले जनाउनु भयो ।

Facebook Comments Box