ताप्लेजुङ/ताप्लेजुङमा गएको मंसिर १७ गतेदेखि हराईरहेकी आठराई त्रिबेणी गाउँपालिका २ कि १९ बर्षिया एक युवतीका हत्या स्वीकार्ने सोहि गाउँपािलका वडा नं ३ का रमेश अधिकारी पक्राउ परे पनि हत्या गरिएकी ति युवतीको लाश फेला पर्न सकेको छैन ।


रमेशले थर एउटै भएका दाजु बहिनीको नाता मान्ने गरिएकी मन्दिरा अधिकारीको हत्या स्वीकारिसकेका भएपनि उनको शव अझै नभेटिएको हो । शव खोजिका लागि गोताखोरको माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गृह मन्त्रालयमा लिखितै पत्राचार गरेर गोताखोर पठाईदिन माग गरिएको बताउनु भयो । पुष १० गतेदेखि प्रहरी र स्थानिले तमोर नदीमा मन्दिराको शव खोजि गरिरहेपनि फेला पर्न नसकेको हो ।
१९ वर्षिय मन्दिराको अव फेला नपरेका कारण तत्काल अधिकारीलाई ब्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरेर जिल्ला अदालतवाट म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिनु भयो । गहिरो प्रेम सम्बन्ध भएका रमेश र मन्दिराको विवाहको विषयमा विवाद भएपछि घटना भएको पाइएको उहाँले बताउनु भयो । मन्दिराको घरमा वसेर गुप्तेश्वर माध्यमिक विद्यालयमा पढाउने रमेश तीन वर्षसम्म उनको घरमा वसेका थिए । गत चैतमा मात्रै आफ्नै घर पायक सरस्वती मावि हाङपाङमा सरुवा भएका थिए । उनी गणीत बिषयका शिक्षक हुन् ।

फुँयालका अनुसार प्रेममा परेका रमेशले मन्दिरासँग विवाह गर्न नसक्ने भनि पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसे निवासी एक युवतीसँग विवाहको टुंगो लगाएका थिए । मंसिर २५ गतेकालागि विवाहको टुंगो लगाएका उनी सामान खरिदका लागि सदरमुकाम फुङलिङ आएका थिए । सदरमुकामवाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजना अनुसार भेट भएको र त्यही विषयमा विवाद भएपश्चात हत्या गरि झोलुङ्गे पुलवाट नदीमा खसालिदिएको प्रहरी समक्ष रमेशले बयान दिएका छन् । घटना पश्चात रमेशले आफु अपहरणमा परेको र असुरक्षा भएको भएको भनि आफ्नो परिवार तथा स्थानीय प्रहरी समेतलाई नाटकिय रुपमा झुटो ब्यहोरा जानकारी गराएका थिए ।
मन्दिरा हराएकै मितिमा मैले विवाह गरें, हामि इवा पुग्यौं, जस्ता म्यासेज मन्दीराको मोवाइलवाट उनकी दिदीलाई गरेका थिए । घटना एक्लैले गरेको वयान रमेशले प्रहरीलाई दिएका छन । तर मन्दिराका वावु काका चन्द्र लगायतले घट्नामा अरुको पनि संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
घटनास्थलवाट दुई थान पुरुषले प्रयोगगर्ने कालो पञ्जा, एक जोर महिलाले लगाउने चप्प्ल, महिलाले लगाउने आउटर, चिम्टि, कानमा लगाउने झुम्का फेला परेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box