दमक/झापाको दमकमा आजदेखि नाप तौलका औजारहरुको परीक्षण तथा उपभोक्ता सचेतना कार्यक्रम शुरु भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय झापाले दमक उद्योग वाणिज्य संघसंगको सहकार्यमा संघको सभाकक्षमा शुरु गरेको कार्यक्रमको उद्घाटनका अवसरमा गुणस्तर तथा नापतौल कार्यालय झापाका कमल ओझाले हरेक मानिसमा जन्मदेखिनै नाप तौल शुरु हुने भएको हुँदा नापतौल गुणस्तरको महत्व रहने बताउनु भयो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ लगायतको आतिथ्य रहेको थियो ।

संघका कार्य समिति सदस्य सन्तोष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा दमकमा क्रियाशील व्यवसायीहरुको सहभागिता छ । नाप तौल कार्यालयले आज नापतौलका बिषयमा सैद्धान्तिक प्रशिक्षण कक्षा सञ्चालन गर्ने र बुधबारदेखि ४ दिन सम्म व्यवसायीहरुले प्रयोग गर्ने नाप तौलका औजारहरुको परीक्षण गर्ने संघका कार्य समिति सदस्य चन्द्र खत्रीले जनाउनु भयो ।

Facebook Comments Box