दमक, झापाको दमक चोक स्थित  होटल पाथीभरा एण्ड गेष्ट हाउसमा एक जना युवा मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाई गेष्टहाउसमा मृत अवस्थामा भेटिएका हुन् ।

राती खाना खाएर ७ नम्बर कोठामा सुतेका खतिवडालाई आज विहान खाना खान उठाउन खोज्दा चुकुल थुनेर मृत अवस्थामा भेटिएका होटल सञ्चालक राजन दंगालले वताए ।
औषधी कम्पन्नीका प्रतिनिधि एमआर समेत रहेका खतिवडा हिजो शुक्रवार को.३६ प.५२७८ को मोटरसाईकलमा एक्लै गेष्टहाउसमा आएका सञ्चालक दंगालले बताए । घटनाका बारेमा थप अनुन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

Facebook Comments Box