सुरुङगा/पहिलो पाइला नेपाल दमक शाखाले शुक्रबार विद्यार्थीहरुका लागि भाग्य बोक्ने झोला वितरण र न्यानो माया अभियानलाई निरन्तरता दिएको छ ।

सो अन्तर्गत कन्काइ नगरपालिका ८ स्थित हिमाली माध्यामिक बिद्यालयका कक्षा एक र दुई का ५४ जना बिद्यार्थीलाई भग्यबोक्ने झोला तथा स्टेशनरी सामान र कक्षा १ का १९ जना बिद्यार्थीलाई सुइटर बितरण गरिएको संस्थाका अध्यक्ष छवि बाँस्कोटाले जानकारी दिनु भयो ।

सो अबसरमा कन्काई ८ का वडाध्यक्ष प्रेम कटुवालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेत्रबहादुर नेपाल, संस्थाका सल्लाहकार एवम् दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का , सल्लाहकार छवि घिमिरे, विद्यालयक प्रधानाध्यापक केशव ओझाको विशेष उपस्थिती रहेको संस्थाका सह सचिव राजु निरौलाले जानकारी दिनु भयो ।