शिवगञ्जमा छुरा हानेर पत्नीको हत्या

Author Nishkarsha News
२०७६ पुष ११, शुक्रबार १०:१४

दमक/झापाको शिवसताक्षी ६ मा एक जनाले आफ्नै श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन् । अन्दाजी ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसा मुर्मुले घरायसी वादविवादमा श्रीमतीमाथि बिहीबार साँझ ७ बजे छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज पुरयाइएपनि तत्कालै मृत्यु भएको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले जानकारी दिनु भयो ।प्रहरीले आरोपित मुर्मुलाई नियन्त्रणमा लिएको छ ।   घट्नाका बिषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्