धरान/ धरान उपमहानरपालिका १५ मा एक व्यक्तिले कुटेरै आफ्नी श्रीमतिको हत्या गरेका छन् ।

गए राती साढे ८ बजे स्थानीय ४३ बर्षीय काजीमान राईले आफ्नै पत्नी ३६ बर्षीय रमिला राईको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा कुटपिटबाट घाईते भएकी रमिलाको उपचारका लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न राईलाई पक्राउ गरेको छ ।

Facebook Comments Box