सर्लाही/सर्लाहीको बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो बढेपछि आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, कि ४० वर्षीया राजमतीदेवी साहको जलेर मृत्यु भएको हो ।
हिजो साँझ आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।
यस्तै सर्लाहीकै विष्णु गाउँपालिका–१, मा आगोले जलेर अर्की एक महिला घाईते भएकी छन् । गएराती घर अगाडि आगो बालेर ताप्ने क्रममा सोही ठाउँका राजन पासवानकी २५ वर्षीया श्रीमती सरस्वती पासवान जलेर घाइते भएकी हुन् ।