दमक/ यूनियन लाइफ इन्स्योरेन्स कम्पन्नीले आफना दिवंगत एक विमीतका परिवारलाई वीमा वापतको मृत्यु दावी ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

दमक ६ स्थित इन्स्योरेन्सको शाखा कार्यालयमा आइतबार एक कार्यक्रम गरि मृत्यु दावी भुक्तानी मार्फत दमक ५ का ४१ बर्षिय स्व. गम बहादुर चेम्जोङ्गका श्रीमती राजकुमारी चेम्जोङ्गलाई रु ५० लाखको चेक हस्तान्तरण गरिएको हो । सो इन्स्युरेन्सका दमक शाखाका स्टार एजेन्सी मेनेजर नारायण योङहाङ्गले गत चैतमा विमा रकम वापत पहिलो किस्ता बुझाएका चेम्जोङ्गको गत असोज २१ मा हृदयघात भई निधन भएकाले सो रकम भुक्तानी गरिएको जनाउनु भयो । विमीतको परिवारलाई विमा नियम अनुसार कम्पन्नीले ५० लाख भुक्तानी दिएको हो ।
विमा रकम वापतको सो बैकिङ चेक इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख भूपराज पराजुली, इन्स्योरेन्सका मृत्यु दावी भुक्तानी शाखाका प्रमुख इश्वर सेढाई, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा लगायतले संयुक्त रुपमा विमीत परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments Box