दमक/ प्रदेश १ अन्तर्गत ताप्लेजुङमा भीरबाट लडेर दुई जना र भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको फक्तालुङ ६ स्थित फेदी जंगलको भीरबाट लडेर फक्तालुङ ५ लामाटरका १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ बर्षीय सुजन राइको मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङगो काटन हिडेका दुबै जना घर फर्केर नआएपछी खोजी गर्दै जाने क्रममा उनीहरुको शव भेटिएको हो ।

सिमा प्रहरी चौकी घुन्सा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घट्नास्थलमा पुगेर सो बारे थप कानुनी प्रकृया अघि बढाईरहेको जनाइएको छ ।
त्यसैगरि भोजपुरको षडानन्द नगरपालिका १ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Facebook Comments Box