दमक/ पूर्व राजदम्पत्ती बुधबार दिउँँसो दमक आएका छन् ।
पत्नी कोमलसहित पूर्व राजा ज्ञानेन्द्र एकमहिने बसाईका लागि झापा आएका हुन् । शाह दम्पती जाडो छल्न बर्सेनी दमक ९ स्थित आफनो स्वामित्व रहेको हिमालय गुडरिकमा रहेको मिनी दरवामा आउने गर्छन् । दमक बसाईका क्रममा शाह दम्पतीले आफना समर्थकसंग भेटघाट देखि पूर्वका मठमन्दिरहरुमा दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजदम्पत्ती शाह भद्रपुरस्थित विमानस्थल ओर्लिएका थिए । उनीहरुलाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाई फुलमालले सम्मान गरेका थिए ।
विमानस्थल ओर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर विमास्थलबाट बाहिरिएका थिए । उनीहरुको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी,सादा पोशाकका प्रहरी,शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए । समर्थकले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन ,राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद लगायतका नारा लगाएका थिए । समर्थकको भिडलाइ व्यवस्थापन गर्न धौ धौ परेको थियो ।