ओएसिस एकाडेमीमा तिहार विशेष साँस्कृतिक कार्यक्रम

Author Nishkarsha News
२०८३ कार्तिक २२, शनिबार ०९:५१

झिलझिले/  शिवसताक्षी–८ स्थित ओएसिस एकाडेमीले शुभ दिपावली (तिहार) विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार, ओएसिस एकाडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच प्रतियोगितात्मक देउसी–भैलो तथा रङ्गोली प्रदर्शन गरिएको थियो ।
देउसी–भैलो प्रतियोगितातर्फ ओएसिस एकाडेमी क्लब ब्लु हाउस प्रथम, रेड हाउस दोस्रो र ग्रिन हाउस तेस्रो भएका छन् ।
त्यस्तै, रङ्गोली प्रतियोगितातर्फ रेड हाउस प्रथम भएको छ ।

प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई ओएसिस एकाडेमीले हौसल्लासहित नगद पुरस्कारसमेत वितरण गरिएको थियो ।
सो कार्यक्रममा एकाडेमीका संस्थापक तथा प्रधानाध्यापक उदयप्रकाश राईले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षिका समिक्षा तिम्सिनासहित विद्यार्थीद्धय ऋतु न्यौपाने र रत्न ढुङ्गेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रयास चौधरी र अग्रता प्रसाईंले राखेका थिए ।
कार्यक्रममाा विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए । प्रतियोगितत्मक देउसी–भैली कार्यक्रमको मुल्याङ्कन पत्रकार अनिलदेव राई तथा सेलिङ केसीले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु, शुभच्छेक तथा स्थानीयवासीहरुको उपस्थिति थियो । सो कार्यक्रमको समापनमा विद्यालयका शिक्षक–शिक्षिकाहरू र कर्मचारीहरु सहभागी भई देउसी–भैलो खेलेर मनोरञ्जन प्रदान गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्