दमक बहुमुखी क्याम्पसका पूर्वविद्यार्थी डा. पौडेल सम्मानित

Author Nishkarsha News
२०८३ कार्तिक २०, बिहीबार १८:४६

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसले आफ्ना पूर्वविद्यार्थी डा. मिलन बाबु पौडेललाई सम्मान गरेको छ। क्याम्पसमा आज आयोजित विशेष कार्यक्रममा अनुसन्धान तथा वैज्ञानिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल डा. पौडेललाई सम्मान गरिएको हो। उनलाई दमक क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरीले सम्मान गरे ।

दक्षिण कोरियाको Jeonbuk National University मा अनुसन्धानरत डा. पौडेल Stanford University र Elsevier द्वारा सार्वजनिक गरिने ‘World’s Top 2% Scientists’ सूचीमा लगातार तीन वर्ष (सन् २०२४, २०२५ र २०२६) सूचीकृत हुनुभएको छ।

विशेषगरी Nanoscience and Nanotechnology क्षेत्रमा अनुसन्धानरत पौडेलको यो उपलब्धिलाई दमक बहुमुखी क्याम्पसले आफ्नो शैक्षिक इतिहास र पूर्वविद्यार्थीको सफलताका रूपमा गौरवको विषय मानेको छ।

स्थानीय शैक्षिक संस्थामा अध्ययन गरेर अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा पहिचान बनाउन सफल पौडेलको उपलब्धिले क्याम्पसका विद्यार्थी तथा नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र वैज्ञानिक क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

आफ्नो पूर्वविद्यार्थी अन्तर्राष्ट्रिय वैज्ञानिक सूचीमा निरन्तर स्थान बनाउन सफल भएको अवसरमा क्याम्पसले सम्मान गर्नु शैक्षिक संस्थाको सम्बन्ध र पूर्वविद्यार्थीको उपलब्धिप्रतिको सम्मानका रूपमा समेत लिइएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्