कमल/ झापाको कमल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुमन यङ्याले जिम्मेवारी सम्हालेका छन् । पाँचथरको फालेलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै गर्दा सरुवा भएका यङया सोमबार मात्रै कमल गाउँपालिकामा आएका हुन् ।
यसअघि कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको २ बर्ष ३ महिना जिम्मेवारी सम्हालेका केशवकुमार ढकालको सरुवा पछि यङया आएका हुन् ।
सो पालिकामा ढकाल भन्दा अघि राजकुमार शाक्य, काजीमान राई , सुवास श्रेष्ठ र युवराज ढकालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । ढकाल सो पालिकामा पुरा अवधि २ बर्ष जिम्मेवारी सम्हालेर मोरङको इलाका प्रशासन कार्यालय रंगेलीमा सरुवा भएपछि बिदाई भए ।
विभिन्न पालिका र मालपोत कार्यालयमा रहेर सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धी अनुभव हासिल गरेका यङयाको आगमनले गाउँपालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।