दमक/ झापा मोडल अंग्रेजी मा.वि. दमकले सञ्चालन गरिरहेको “नमुना संसदीय अभ्यास“ कार्यक्रम आइतबार सम्पन्न भएको छ । सो बिद्यालयले तेस्रो पटक यस किसिमको नमुना संसदीय अभ्यास कार्यक्रम सम्पन्न गरेको हो ।
कार्तिक १३ गतेदेखि सञ्चालन गरिएको सो कार्यक्रम कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा झापा मोडल अंग्रेजी माविका प्रधानाध्यापक सागर श्रेष्ठले बिद्यालयमा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखिएको बताए । उनले बिद्यार्थीहरुलाई दिइने हरेक ज्ञानको व्यवहारिक प्रयोगबाटनै उनीहरुमा ज्ञान र क्षमताको बिकास हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा संविधान सभा सदस्य दिपक कार्की र सैन्य तालिम केन्द्र याङसिलाका सुरेशकुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
बिद्यालयकी शैक्षिक संयोजक जस्मिन श्रेष्ठले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रममा दमक नगर शिक्षा समिति संयोजक कुबेर भट्टराई, नमुना संसद अभ्यास कार्यक्रमका प्रशिक्षक कुशल गैरे लगायतले शुभकामना राखेका थिए ।
सो अवसरमा यस क्षेत्रका शैक्षिक तथा राजनीतिक सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
झापा मोडलमा तेस्रो पटक नमुना संसद अभ्यास कार्यक्रम
Nishkarsha News
२०८३ कार्तिक १६, आईतवार २१:४६