सहकारी अभियानबारे झापाली सहकारीकर्मीहरुबीच अन्तरक्रिया

Author Nishkarsha News
२०८३ कार्तिक १५, शनिबार २१:२०

 दमक/  बचत तथा ऋण सहकारी संघ झापाको आयोजनामा सहकारीका सन्दर्भमा पछिल्लो अवस्था र भावी योजनामा केन्द्रित अन्तरक्रिया तथा छलफल कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव घनश्याम अधिकारी र कार्यकारी प्रमुख शिवजी सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।
बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव विनोद ढकालले गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका विभिन्न सरोकारवाला निकायहरूले जारी गरेका निर्देशन तथा सहकारी क्षेत्रमा देखिएका समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
छलफलका क्रममा सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, व्यवस्थापकीय क्षमता अभिवृद्धि, संस्थागत विकास तथा सहकारी अभियानको दिगोपनाका विषयमा विचार आदानप्रदान गरिएको थियो ।
सहकारी क्षेत्रका वर्तमान चुनौतीलाई सामूहिक प्रयासबाट सम्बोधन गर्दै संस्थाहरूलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रमले सहकारी क्षेत्रको सुदृढीकरण, संस्थागत विकास र समृद्धिका लागि आपसी सहकार्य, एकता र साझा प्रतिबद्धताका साथ निरन्तर अघि बढ्ने संकल्पसमेत गरेको आयोजक संस्थाका सचिव विनोद ढकालले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्