मेची सहकारीमा एक महिनामै बढ्यो ४ करोड तरलता

Author Nishkarsha News
२०८३ कार्तिक १०, सोमबार २२:२८

दमक/ झापाको दमकमा मुख्य कार्यालयसहित कोशी प्रदेशका १३ वटा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको मेची बहुउद्देश्यीय सहकारी संस्थामा ९० करोड रुपैयाँ भन्दा तरलता रकम रहेको छ ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार ९० करोड १३ लाख रुपैयाँ तरलता रकम रहेको हो । सो संस्थामा अघिल्लो महिना भाद्र मसान्त सम्म तरलता रकम ८६ करोड रुपैयाँ रहेकोमा एक महिनामै ४ करोड तरलता बढेको हो ।

कूल बचत ४ अर्ब २२ करोड रुपैंयाँ रहेको संस्थामा कर्जा लगानी ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रहेको छ । संस्थाको तरलता रकम ९० करोड रुपैयाँभन्दा बढी रहेको छ भने कुल संस्थागत पुँजी करिब ३९ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

संस्थामा कुल २० हजार ३०६ सदस्य र ४ हजार ३४४ ऋणी रहेका छन ्। संस्थाले ११९ कर्मचारीमार्फत १३ वटा कार्यालयबाट सेवा प्रदान गर्दै आएको संस्थाद्धारा सार्वजनिक विवरणमा उल्लेख छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्