दमक/ दमक –८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले स्थापना दिपसको अवसर पारेर अपाङगता भएका दृष्टिविहीनहरुलाई सहयता सामाग्रीहरु प्रदान गरेको छ ।
२७ औं स्थापना दिवसका अवसर पारेर आज विहान संस्थाको सभाकक्षमा कार्यक्रम गरि संस्थाले दृष्ट्रिविहीनहरुको सामाजिक संस्था नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापालाई नगद २५ हजार रुपैयाँसहित सेतो छडी, बैशाखी लगायतका आवश्यकीय सहयता सामाग्रीहरु प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष एलडी राई, प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइराला, संस्थाकी सल्लाहकार सुमित्रा वाङदेल लगायतले नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङलाई हस्तान्तरण गरेका बताइएको छ ।
संस्था स्थापना दिवसका अवसर पारेर हरेक बर्ष सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको छ ।
सहयता सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि कोइराला, सल्लाहकारहरु सुमित्रा वाङदेल, कृष्ण गोले, नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङ लगायतले बोलेका थिए भने सञ्चालन संस्थाका सचिव दिपेनवाला राईले गरेका थिए ।