दमक/ पाँचथरको माङजाबुङबाट झापा आएर बसोबास गरिरहेका माङजाबुङका पुराना बासिन्दाहरुले स्थापना गरेको माङजाबुङ– दमक सेवा समाजको दोश्रो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ ।
दशैंको सन्मुख पारेर शनिबार दमकमा शुभकामना आदनप्रदानसहित सञ्चालन गरिएको साधारण सभा तथा अधिवेशनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्य र संघका तृतीय उपाध्यक्ष सुभाषचन्द्र गर्तौलाको विशेष आतिथ्य रहेको थियो ।
अधिवेशनले दलबहादुर शेर्माको अध्यक्षतामा १७ सदस्यीय माङजाबुङ– दमक सेवा समाजको अध्यक्षतामा सो समिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा दिपक निरौला, महिला उपाध्यक्षमा सर्मिला आङदेम्बे (शेर्मा) ,सचिवमा मानबहादुर खड्का, सहसचिवमा इन्द्रबहादुर शेर्मा, महिला सहसचिवमा सोना चेम्जोङ शेर्मा र कोषाध्यक्षमा लोकबहादुर बस्नेत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुदर्शन निरौला, फणिन्द्र खड्का, युवराज शेर्मा, रोजिना निरौला, प्रेमकुमार बस्नेत, दिलेन्द्र शेर्मा, विशालजंग कुँवर, दिपक धमला, सुस्मिता शेर्मा र सिर्जना खड्का चयन भएका अध्यक्ष शेर्माले जानकारी दिए । सामाजिक सेवाको उद्धेश्य राखेर सो संस्था स्थापना भएको बताइएको छ ।
माङजाबुङ–दमक सेवा समाजको अधिवेशनबाट नयाँ नेतृत्व चयन
Nishkarsha News
२०८३ आश्विन २५, आईतवार १३:४३