दन्त उपचार सेवामा दमक थुलुङ डेन्टल : पिताको पथमा डा. सोफिया

Author Nishkarsha News
२०८३ आश्विन २५, आईतवार १३:२७

दमकमा एकताका दन्त उपचार सेवामा नाम चलेका डाक्टर थिए सहदेव थुलुङ । गिनेचुनेका थोरै स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्येमै पर्थ्यो थुलुङ डेन्टल ।
समयसँगै पाको उमेर र स्वास्थ्यका कारण अन्तत कैंयौं दाँत सम्बन्धिका बिरामीहरुका लागि वरदान मानिएका डाक्टर थुलुङ संसारबाट बिदा भए ।

अपवाद बाहेक हरेक मानिसको एउटा सपना हुन्छ कि आफ्‌नो सन्तान सधैं आफुभन्दा अब्बल बनोस् ख्याती कमाओस् । उन्नती प्रगतिले मनको सगरमाथा चुमोस् ।
जिवनभर सुखी रहोस् र सुस्वास्थ्य रहोस् । हरेक मानिसका जिवनमा जिविकोपार्जनका लागि रुचीका पेशा हुन्छन । कसैका लागि पेशा बाध्यता हुन्छ । डाक्टर थुलुङकी छोरी सोफिया आफ्‌ना पिताले अंगालेको चिकित्सा पेशा अपनाउने लक्ष्यसहित आफ्‌नो अध्ययनलाई पुरा गरेर यतिबेला दमक थुलुङ डेन्टल सञ्चालन गरिरहेकी छिन् ।

दमकको फर्निचर लाइन राष्ट्रिय वाणिज्य बैंककै अघिल्तिर डा. सोफिया आफ्‌ना पिताले थालनी गरेको डेन्टल क्लिनिकमा दक्ष चिकित्सक टिम सहित आधुनिक प्रविधियुक्त दन्त उपचार सेवामा तल्लिन रहँदै आएकी छिन् ।
दन्त चिकित्सक डा. सोफिया भन्छिन् — दाँतको समस्या र उपचारका बारेमा कपितपय मानिसहरुमा भ्रमहरु पनि छन् । दन्त उपचारबारे अनावश्यक डर नपालौँ, बनावटी विज्ञापन र सुचनाको भरमा मात्रै निर्णय नगरौँ र उपचार गर्नुअघि चिकित्सकसँग सही परामर्श लिऔँ ।
उपचारको आवश्यकता भएका तर आर्थिक कठिनाइका कारण समस्या लुकाएर बस्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै उनले आफ्‌नो डेन्टलमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क जाँच सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताउँछिन् ।
दाँत सम्बन्धीका हरेक बिरामीले आफूलाई के समस्या भएको हो, कस्तो उपचार आवश्यक छ र त्यसको विकल्प के हुन सक्छ भन्ने बुझेर निर्णय लिन पाउनुपर्ने उनको भनाई छ ।
आर्थिक अभावले उपचार नछुटोस्‌
दाँतको समस्या सामान्य देखिए पनि यसले खानपान, निद्रा र दैनिक जीवनमा असर पार्न सक्छ । तर आर्थिक अवस्था कमजोर भएका कतिपय व्यक्तिका लागि उपचार खर्च जुटाउनु नै चुनौती हुन्छ ।
विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी र विपन्न परिवारका सदस्यले समयमै उपचार नपाउँदा समस्या बढ्न सक्ने डा. सोफियाको भनाई छ ।
थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क जाच तथा उपचार सेवा दिने व्यवस्था गरेको डा. सोफियाले जानकारी दिइन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्