लालकिल्ला तोडन सफल पूर्वका यि कांग्रेस नेताहरु पार्टीमा चुनौतीको सामना गर्दै

Author Nishkarsha News
२०८३ आश्विन २०, मंगलवार २०:५२

झापा/  नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा पूर्व क्षेत्रका केही युवा तथा जनअनुमोदित नेताहरुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

कम्युनिष्टहरुको एक छबर्चोस्व रहेको समय २०८२ फागुन २१ म कम्युनिष्ट नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पकड क्षेत्र मानिएको झापाको दमक नगर र कमल गाउँपालिकामा लालकिल्ला तोड्दै पालिकामा कांग्रेस नेतृत्व स्थापित गर्न सफल भएका रेगिना भट्टराई प्रसाई र हुकुमसिंह राई पहिलो पटक पार्टी केन्द्रिय सदस्यको नयाँ उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् । उनीहरु दुवै कोशी प्रदेशबाट प्रदेशगत केन्द्रिय सदस्यमा उम्मेदवार छन ।

त्यस्तै एमालेका पुर्व अध्यक्ष एवं वामपन्थी नेता झलनाथ खनाल, स्वर्गीय सुवास नेम्वाङ जस्ता प्रभावशाली नेताको गृह जिल्ला इलामको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित युवा नेता निश्कल राई खुल्ला तर्फका ४५ जना भित्र केन्द्रिय सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस केन्द्रको नेतृत्वमा लम्कीरहेका यि नेताहरु कांग्रेस महाधिवेशनमा सहभागी नेता, कार्यकर्ताहरुको मतबाट अनुमोदित हुने चुनौंतीको सामना गरिरहेका छन् । उनीहरु आफुले पाएको जनमतलाई पार्टीमा अनुमोदन गर्ने अवसरको सदुपयोग महाधिवेशन प्रतिनिधिहरुले खुलेर गर्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्