मोरङ/ सांगीतिक क्षेत्रमा योगदान पुर्याएका संगीतकार तथा गायक जीवेस राईको निधन भएको छ । गायिका मेनिला राईका पिता जीवेस मोरङको मिक्लाजुङ गाउँपालिका–१ पुराना बासिन्दा हुन् ।
आफ्नो व्यावसायिक सांगीतिक यात्राका क्रममा लामो समयदेखि काठमाडौंमा बस्दै आएका राईको निधनले नेपाली सांगीतिक क्षेत्रमा क्षति पुगेको छ । राईको परिवारमा श्रीमती, छोरीहरू मेलिना चाम्लिङ राई र जुनु चाम्लिङ राई तथा छोरा सर्गम चाम्लिङ राई छन् ।
स्वर्गीय राईको अन्तिम संस्कार मिक्लाजुङ गाउँपालिका–१, मोरङस्थित ओखलढुंगामा गरिने उनका भतिज उमेश चाम्लिङले जानकारी दिए ।
गायिका मेलिना राईलाई पितृशोक
Nishkarsha News
२०८३ आश्विन १६, शुक्रबार ०७:०१