दमक/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं जनआन्दोलन २०६२/०६३ का झापा जिल्ला संयोजक सुधिर शिवाकोटीले कांग्रेसका नाम लिएर हुने नक्कली र अबैध महाधिवेशन तर्फ नजान कांग्रेस कार्यकर्ताहरुलाई सचेत गराएका छन् ।
विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित पार्टीका पूर्व केन्द्रीय प्रशिक्षण विभाग सदस्य समेत रहेका नेता शिवाकोटीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन–नक्कली र अबैध महाधिवेशन तर्फ नजानु फेरी समायोजनको भ्रम नहोस, अब समायोजन कहिल्यै हुँदैन ।
केन्द्रिय समितिको निर्णय अनुसार चलिरहेको अधिवेशनको तालिका अनुसार गाउँ/ नगर र क्षेत्रीय अधिवेशन सम्पन्न भएर देशैभर कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु चयन भइसकेपछि शेरबहादुर देउवा–कृष्ण सिटौला सहितको समुहले पार्टीका नाममा ठाउँ ठाउँमा अधिवेशन गरेको भनि गरिरहेको प्रचारबीच नेता शिवाकोटीले त्यस्तो सचेत गराएका हुन् । उनले समायोजनको बहानामा पार्टी विधी विधान विपरित भागवण्डा खोज्ने र पार्टी संगठनलाई कमजोर बनाउन खेल खेल्ने समुहलाई लक्षित गरेर यस्तो कडा प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
