झापा/ नेपाली कम्युनिस्ट आन्दोलनका एक निष्ठावान् नेता घनेन्द्र बस्नेतको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका बस्नेतको बुधबार साँझ भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
वि.सं. २००९ सालमा भोजपुरको कुलुङमा जन्मिएका बस्नेतको जीवन संघर्षको एउटा अजम्बरी गाथा हो। झापा आन्दोलनका अगुवामध्येका एक बस्नेतले पञ्चायती निरङ्कुशता विरुद्धको लडाइँमा करिब १७ वर्ष जेल जिवन बिताएको उनले लेखेको समाजवाद किन र कसरी ? नामक पुस्तकमा उल्लेख छ ।
जेलका कहालीलाग्दा दिनहरूले पनि उनको वैचारिक अडानलाई हल्लाउन नसकेको र समाजवादप्रतिको उनको निष्ठालाई थप प्रगाढ बनाएको वाम विश्लेषकहरुको भनाई छ । सादा जीवन, उच्च विचार र त्यागको राजनीतिमा विश्वास राख्ने बस्नेत, पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा देखिएको विचलनप्रति उत्तिकै चिन्तित र आलोचक थिए । उनी पूर्व सांसद समेत हुन् ।
झापा आन्दोलनका योद्धा बस्नेतको निधनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन् ।
वामपन्थी आन्दोलनका अगुवा घनेन्द्र बस्नेतको निधन
Nishkarsha News
२०८३ आश्विन १४, बुधबार २२:२१