प्रवासबाटै दमकका कमल पौडेलले जन्मदिनमा बिद्यार्थीलाई गरे नमुना सहयोग

Author Nishkarsha News
२०८३ आश्विन १४, बुधबार २२:००

दमक/  प्रवासमा रहेका दमक ४ का कमल पौडेलले आफ्‌नो जन्मदिनमा झापाको गौरीगञ्ज १ होकलबाडीमा रहेको इन्द्रेणी आधारभुत बिद्यालयका बालबालिकालाई न्यानो कपडा प्रदान गरेका छन् ।

नजिकिँदै गरेको जाडो मौसमलाई मध्यनजर गर्दै पौडेलले पहिलो पाइला नेपाल दमक शाखा मार्फत सो बिद्यालयमा अध्ययनरत विपन्न तथा नियमित बिद्यालय आउने ५० भन्दा बढी बिद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरेका हुन् ।
पौडेलले जन्मदिनमा हुने फजुल खर्चलाई रोकेर ग्रामिण तथा कन्काई नदी प्रभावित क्षेत्रका विपन्न बालबालिकालाई त्यस्तो सहयोग प्रदान गरे भने दमकका उद्यमी व्यवसायी नेता एवं गर्तौला भेट्सका सञ्चालक सुभाषचन्द्र गर्तौला र युवराज निरौलाले कापी कलम (स्टेशनरी सामग्री) उपलब्ध गराएका छन् ।

बुधबार परेको पौडेलको जन्मदिनमा पहिलो पाइला नेपाल दमक शाखाकी सचिव तथा उनकी श्रीमती पुजा दाहाल, शाखा अध्यक्ष राजु निरौलासहित बिद्यालयमा पुगेर ति सामग्री हस्तान्तरण गरेका हुन् ।


बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम सोरेनको अध्यक्षता र गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले पहिलो पाइला नेपालले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको सहयोगको प्रशंसा गरिन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोरेन र प्रधानाध्यापक शिवकुमार मैनालीले बिद्यालयका बालबालिकालाई पहिलो पाइला नेपालमार्फत प्राप्त सहयोग अमुल्य रहेको भनि उच्च प्रशंसा गरे ।

सो अवसरमा संस्थाका सल्लाहकार गणेश प्रधान र केन्द्रिय सचिव दिवस खतिवडाले संस्थाको मुल उद्धेश्यनै बालबालिकाको शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवामा सहयोग गर्नु रहेको उल्लेख गर्दै उद्धेश्य अनुरुप संस्था सञ्चालनमा सहयोग गर्ने नेतृत्व र लक्षित समुदायप्रति आभार प्रकट गर्दै आफ्‌नो तर्फबाट सदैव सकारात्मक सहयोग रहने उल्लेख गरे । कार्यक्रममा सल्लाहकार महेश घिमिरे, संस्थाका उपाध्यक्ष लवराज खड्कासहित पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बिद्यालयका तर्फबाट पहिलो पाइला नेपाल दमक शाखा र सेवामुलक काम गरेर जन्मदिन मनाउने पौडेललाई प्रशंसा पत्र पनि हस्तान्तरण गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्