कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन औपचारिक रूपमा उद्घाटन

Author Nishkarsha News
२०८३ आश्विन ९, शुक्रबार १३:३६

कमल/ झापाको कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिका सभापति केदार चापागाईं, कमल गाउँपालिका–२ का वडाध्यक्ष अशोक सुब्बा, पूर्व गाउँपालिका उपाध्यक्ष बेनु प्रसाद शिवाकोटी तथा वर्तमान उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

शुभकामना मन्तव्यका क्रममा नयाँ प्रशासनिक भवन निर्माणसँगै गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिँदै आएका सेवा थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो। नयाँ भवनबाट सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनमा समेत प्रभावकारिता आउने बताइएको छ।

नयाँ भवन सञ्चालनमा आएसँगै सार्वजनिक सेवाहरूलाई थप व्यवस्थित, सहज, छिटोछरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्