झापा/ नेपाली कांग्रेस झापा ५ को नेतृत्व चयनमा अहिले सम्म दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना देखिएको छ ।
क्षेत्रीय सभापतिका लागि नेविसंघ झापाका पूर्व सभापति तथा पार्टीका पूर्व दमक नगर सभापति रोशन बिष्टले उम्मेदवारी घोषणा गरेका छन् ।
बिष्टले आफ्नै शब्दमा झापा ५ मा नेपाली कांगेसको नेतृत्व भित्र व्याप्त बिकृती विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
कांग्रेस झापा ५ मा सभापतिका लागि यस अघिनै झापा ५ (ख)का सभापति रवि केसी न्यौपाने कार्यकर्ताहरुमाझ लबिङमा छन् ।
सामाजिक तथा राजनीतिक रुपमा स्थापित नेता केसीले उम्मेदवारीको तयारीसँगै प्रतिनिधि चयनमा वडा वडामा सक्रियता देखाएका थिए ।
केसीको उम्मेदवारीका बीच मंगलबार दिउँसो विष्टले पत्रकारहरुमाझ क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।
आफू केही दिनयता अस्वस्थताका कारण अस्पताल बेड भर्ना भएको र समय पर्खिएर , चुनिएका क्षेत्रीय प्रतिनिधिहरुको भावना बुझ्दै ढिलो गरि उम्मेदवारी घोेषणा गरेको नेता विष्टको भनाई छ । क्षेत्र नं ५ अन्तर्गत दमक नगरपालिका, कमल गाउँपालिका पुरै पर्छन भने गौरादह नगरपालिकाको ९ नम्बर वडा बाहेक कूल ८ वडा र गौरीगञ्ज गाउँपालिकाका ६ वडा मध्ये ४ वटा वडा पर्छन् ।