दमक/ नेपाली कांग्रेस दमक नगर नेतृत्वमा सहमतिको लागि स्थानीय नेताहरुबीच समन्वय अभाव कारण यसपटक पनि कांग्रेस नेतृत्व सर्वसम्मत चुनिने सम्भावना कमजोर बन्दै गएको छ । दमकमा रहेका पार्टीको केन्द्र, प्रदेश , जिल्ला र क्षेत्रीयस्तरका नेतृत्वपक्तिंले नगर नेतृत्व सर्वसम्मत गराउन पहल नगर्दा पार्टीमा स्थानीय तहदेखिनै गुटबन्दीको खतरा देखिएको कांग्रेसजनहरुको भनाई छ ।
सभापतिका दाबेदारहरुको सहभागितामा अहिले सम्म यहाँका नेतृत्व पक्तिंले संयुक्त छलफल तथ बहस अघि नबढाएपछि नेपाल तरुण दल झापा ५ का अध्यक्ष समेत रहेका उद्यमी व्यवसायीहरुको नेतृत्व गरिसकेका नेता श्रेष्ठले सभापतिमा आफ्नो दाबी अघि बढाएका बताइएको छ ।
श्रेष्ठले भने सोमबार साँझ सम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमती भइ साझा र सर्वसम्मत सभापति चुनिने वातावरण बन्न नसकेको पाइएपछि नेतृत्वका लागि तल्लो तहका आम कार्यकर्ता र शुभेच्छुकहरुको सुझावका आधारमा आफैं सभापतिका लागि अघि बढन सक्ने संकेत गरेका छन् ।
उनको यो संकेतसँगै कार्यकर्ताहरु योग्य र क्षमतावान सभापति को हुन सक्ला भन्ने बहसमा केन्द्रित छन् । पार्टीको दमक नगर नेतृत्वका लागि यस अघिदेखिनै सामाजिक सञ्जाल मार्फत कार्यवहाक नगर सभापति प्रेम भट्टराई, उपसभापति युवराज खनाल (सागर) र दमक ४ का वडा सभापति राजेन्द्र सिटौलाले आआफ्नो उम्मेदवारी दाबी सार्वजनिक गरेका थिए ।
विशेष महाधिवेशनपछि हुन लागेको पार्टीको १५ औं महाधिवेशनलाई रुपान्तरित कांग्रेस निर्माण गर्ने थलोका रुपमा कांग्रेसजनहरुले उपयोग गर्ने बताउँदै आएका छन् ।
कांग्रेस दमकको सभापति सर्वसम्मत चुन्न पहल भएन, तरुण नेता गोकुल अघि बढ्दै
Nishkarsha News
२०८३ आश्विन ५, सोमबार २२:१४