दमक/ दमक ६ स्थित ग्लोबल एजुकेशन एकेडेमीले बार्षिक रुपमा सञ्चालन गर्दै आएको साँस्कृतिक कार्यक्रम दुई दिन सञ्चालन गरेको छ । ग्लोबल मन्टेश्वरी र ग्लोबल एजुकेशन एकेडेमीका बिद्यार्थीहरुले विभिन्न जातजातीका साँस्कृतिक पहिरनमा सज्जिएर साँस्कृतिक नृत्य, गीत आदी प्रस्तुत गरेका छन् ।
बिहीबार र शुक्रबार दुई दिन सम्म सञ्चालित सो कार्यक्रम अन्तर्गत कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका बिद्यार्थीहरुको स्वागतमा विशेष साँस्कृतिक नृत्य, गायन आदी प्रस्तुत गरे ।
बिद्यालयका तर्फबाट प्राचार्य गुणराज अधिकारीसहित शिक्षक, कर्मचारीहरुले चालू शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक बिद्यार्थीहरुलाई खादा र अविर लगाएर स्वागत गरेका छन् ।
त्यस्तै त्यहाँ होटल मेनेजमेन्ट बिषयमा अध्ययनरत बिद्यार्थीहरु आफैंले पकाएको विभिन्न खानेकुराका परिकारहरुसहित दिवा भोजको आयोजना गरिएको थियो ।
बिद्यालय परिसरमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक कुबेर भट्टराई, शिक्षा अधिकृत प्रविण खड्का, ग्लोबल एजुकेशन एकेडेमीकी सञ्चाक समिति अध्यक्ष इन्दिरा बस्नेत, प्राचार्य अधिकारीसहित शिक्षक कर्मचारीहरुले कक्षा ११ को बार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने छात्रा परिधि गुरागाइँसहित विभिन्न संकायका उत्कृष्त हासिल गर्ने बिद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।


