दमक/ भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको लागि पूर्वाञ्चल मन्टेश्वरी इङ्लिस स्कुल, दमक–८, झापाले ४४, ४४४ (चौवालिस हजार चार सय चौवालिस रुपैयाँ ) सहयोग गरेको छ ।
विद्यालयका संस्थापक माधव भट्टराई र प्रधानाध्यापक सविता पोख्रेलले विपद्का समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले सो सहयोग प्रदान गरिएको बताए । प्याव्सनमा आवद्ध सो बिद्यालयले प्याव्सन झापा मार्फत सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा पठाएको भट्टराईले बताए .
विद्यालय परिवारले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरुप्रति द्धद्धाञ्जलीसहित प्रभावित सम्पूर्ण परिवारको शीघ्र राहत, पुनःस्थापना तथा सामान्य जनजीवनमा फर्किन सक्ने अवस्थाको कामना गरेको छ ।
पूर्वाञ्चल मन्टेश्वरी दमकले पठायो ४४,४४४ रुपैयाँ राहत
Nishkarsha News
२०८३ भाद्र २६, शुक्रबार १२:३५